पोखरा, २१ असोज । नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ।
नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख रवी मानन्धरले लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमप्रसाद लुईटेललाई सिपिई हस्तान्तरण गरि एफटिएच सेवा शुभारम्भ गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी लुइटेलले लमजुङ जिल्लामा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट, फोन र टिभी सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै टेलिकमका वायरलाईन सेवा निर्देशनालयका निर्देशक अनन्तमान सिंहलाई फोन गरि धन्यवाद व्यक्त गर्नुभयो ।
नेपालको ७७ वटै जिल्लामा एफटिएच सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल टेलिकमले यस अघि ५८ जिल्लामा एफटिएच सेवा सुरु गरिसकेको छ । सो सेवा सुरु गरिएको लमजुङ ५९ औं जिल्ला हो ।
एकै तारवाट टेलिफोन, इन्टरनेट र टेलिभिजन लिन सकिने उक्त प्रविधि अन्तर्गतको सेवा हाल प्रशासन चोक, नगरपालिका, नारायणस्थान आसपास, फूलवारी चोक, हस्पिटल लाइन क्षेत्रमा जडान गर्न सकिने नेपाल टेलिकम लमजुङका कार्यालय प्रमुख सिताराम सुवेदीले जानकारी दिनुभयो ।
उहाँले एक हजार २४ लाइन क्षमता तत्काल जडान गरिएको र बाँकी क्षेत्रमा दशैं पछि लगतै विस्तार गरिने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले इन्टरनेट सेवा चलाएर ऐन ग्रहण गर्नुभयो ।
प्रादेशिक निर्देशनालयका वरिष्ठ इन्जिनियर रामचन्द्र पोखरेल र प्राविधिक अधिकृत रुद्र तिमिल्सिनाले जडान सहजीकरण गर्नुभएको थियो ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं