नेशनल प्याव्सनको चित्रकला प्रतियोगिता, पोखराका विद्यालय छिट्टै खुल्ने

नेशनल प्याव्सनको चित्रकला प्रतियोगिता, पोखराका विद्यालय छिट्टै खुल्ने

3

पोखरा, २६ भदौं । नेशनल प्याव्सन कास्कीको आयोजनामा छैटौ जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा हाम्रो पोखरा राम्रो पोखरा विषयमा चित्र बनाउन दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो ।

भौतिक उपस्थितिमा आयोजना गरिएको प्रतियोगितामा डायमण्ड मोडल स्कूलका आयान इकुवल प्रथम, कास्की मोडनाइज्डका मानस तामाड्ड द्धितीय, सिद्धार्थ लवडेलका आशिष तिमिल्सिना तृतीय तथा सिद्धिविनायकका सोसिमा घले र ज्ञानज्योति विद्याकुञ्जका रुपा भुजेल सान्त्वना भएका थिए ।

विजयी विद्यार्थीलाई ट्रफि प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा चित्रकार रमेश श्रेष्ठ र हरिराम जोजीजु रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले छिट्टै नै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।

‘भौतिक रुपमा विद्यालय सञ्चालन गर्न हामीले धेरै प्रयास थालेका छौ, तर रिजल्ट आउन सकेको छैन’ उहाँले भन्नुभयो,–‘कोरोना सक्रंमित दर पनि घट्दै गएकाले कुनै न कुनै मोडालिटिमा हामी छिट्टै नै स्कूल सञ्चालन गर्ने तयारीमा छौं ।’

गण्डकी प्रदेशकै राजधानी कास्की भएकाले यस प्रदेशका बिरामी उपचार गर्न कास्कीमा नै आउदा कास्की रेडजोनमा परेका कारण नै विद्यालय सञ्चालन गर्न नसकेको उहाको भनाइ थियो ।

एन प्याव्सनले विभिन्न विधामा प्रतियोगिता राखेर विद्यार्थीका फरक फरक क्षमतालाई प्रस्फुटन गर्ने काम गरेको बताउदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराइले भौतिक उपस्थितिमा नै प्रतियोगिता गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।

चित्रकार रमेश श्रेष्ठले प्रतियोगिताले ललितकला क्षेत्रमा इट्टा थप्ने काम गरेको बताउनुभयो ।

नेशनल प्यव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामबहादुर मोची, अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसी, सदस्य शिवराज पौडेलले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

अमेरिका अपडेट

Loading...
22 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Jul 2025 18:55 UTC
Latest change: 21 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.08up
Indian Rupee 
Indian Rupee
86.26up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.68down
US Dollar 
US Dollar
1
22 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Jul 2025 18:55 UTC
Latest change: 21 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀