पोखरा २४, भदौं । पोखरा महानगरपालिका वडा नं . १४ काजिपोखरी स्थित कालिका बहुमुखि क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसी सम्हाल्नु भएको छ ।
सन्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो घरायसी ब्यस्तता जनाउदै अध्यक्षको जिम्मेबारी हस्तान्तरण गर्न चाहे पछि बिहिबार बसेको सन्चालक समितिको बैठकले केसीलाई उपाध्यक्ष सहित कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो ।
युवा उद्यमी केसी पोखराका उद्योग ब्यवसायी स्व. सुर्यबहादूर केसीका माहिला सुपुत्र हुनुहुन्छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद रहेका सुर्यबहादूर केसीको निधन पछि छोरा किरण केसीले आफ्नै बावुको पथ पछ्याउदै राजनीति र समाजसेवा हुनुहुन्छ ।
क्याम्पस सन्चालक समितिको बैठकले समितिका सदस्य बोध बहादूर कार्कीलाई सन्चालक समितिको उपाध्यक्षको जिम्मेबारी प्रदान गरेको छ ।
सन्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीको अध्यक्षतामा बसेको बैठकले क्याम्पसको सर्वागिण बिकासको लागि बिभिन्न निर्णय भएको क्याम्पस प्रमुख रबीन्द्र नाथ बास्तोलाले जानकारी दिनुभयो ।
भर्खरै
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं