अर्घाखाँची, १९ भदौ (रासस) । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।
काठमाडाँैबाट सन्धिखर्क आउँदै गरेको बा३ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो ।
दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताउनुभयो । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं