मनाङका बाढी पीडितलाई प्रदेश सरकारको राहत

मनाङका बाढी पीडितलाई प्रदेश सरकारको राहत

cm n fm @ (9)

पोखरा, १ भदौ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ ।

प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार जिल्लाको नासों गाउँपालिका २ ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गर्नुभयो ।

स्थानीय पीडितसँगको अन्तक्र्रियाका क्रममा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुखी भएको भन्दै बाढीले पूर्ण क्षति पु¥याएका घर निर्माणका लागि प्रति घर २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।

मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण संकलन भएको छ । खासगरी नासों गाउँपालिकाको वडा नम्बर १ मा ७० घरमा क्षति पुगेको छ । धारापानीमा पनि १२ घरमा क्षति पुगेको पालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो।

मुख्यमन्त्री पोखरेलले बेसिसहर चामे सडक खुलाउन संघ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताउनुभयो । त्योभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ ।

मुख्यमन्त्री पोखरेलले बाढी र पहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । संघ सरकारले मनाङलाई विपद संकटग्रस्त घोषणा गरिसकेको छ ।

जिल्लामा विभिन्न बस्तीको पुनर्निमाणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको उहाँको भनाइ थियो । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् ।

अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बाढी र पहिरो प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीनरुपमा समस्या समाधानका लागिसरकार कटिवद्ध भएको बताउनुभयो ।

वडा नम्बर १ को अधिकांश बस्ती बगरको रुपमा परिणत भएकोले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् ।

नासो गाउँपालिका धारापानी, मनाङमा गत असार १ गते परेको अविरल बर्षादले मस्र्याङदी नदी र दुधखोलामा आएको बाढीका कारण गाँउका ९ वटै वडाहरु प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।

बाढीले स्थानीयको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिन समेत बगाएको छ । मुल सडक र झोलुंगे पुल बगाएको छ । गोरेटो बाटो समेत हिँड्न सकिने अवस्थामा छैन । सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरुमा मर्कामा परेको स्थानीयको दुखेसो छ ।

सोमबार मुख्यमन्त्री र अर्थमन्त्रीसँगै कांग्रेस सांसद चिन्तबहादुर घले, माओवादी केन्द्रका नेता कपिल लामा सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀