पोखरा, २४ साउन । गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पर्यटन कार्यालय पोखराको निरीक्षण गर्नुभएको छ ।
उहाँले कार्यालयका योजना, कार्यक्रम, बजेट, उपलब्धि र कार्यालयको अवस्था बारे जानकारी लिनुभएको थियो । निरीक्षणका लागि पुग्नु भएका मन्त्री शर्मालाई कार्यालय प्रमुख पुरन गिरी लगायतका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
निरीक्षणपछि मन्त्री शर्माले ठूला व्यवसाय दर्ता र नवीकरणका लागि विभागमा जानुपर्ने अवस्था अन्त्यका लागि पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश पर्यटन नीति र ऐन निर्माणपछि पर्यटन क्षेत्र सकारात्मक वातावरण बन्ने उल्लेख गर्नुभयो ।
उहाँले होम स्टे सेवालाई गाउँ र स्थानीयको आर्थिक विकासको आधार बनाउनुपर्ने भन्दै स्थानीय उत्पादनलाई अनिवार्य गर्न आवश्यक रहेको औल्याउनुभयो । मन्त्री शर्माले होम स्टे सेवा सम्वन्धी कार्यविधिलाई आवश्यक सुधार गरी थप व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
मन्त्री बनेपछि उहाँले पहिलो पटक पोखरामा आफ्नो मन्त्रालय मातहतको कार्यालय निरीक्षण गर्नुभएको हो ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं