पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं – शर्मा

पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं – शर्मा

sukraraj

पोखरा, ६ साउन । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्र बिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताउनु भएको छ ।

३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले आज भलाममा आयोजना गरेको वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान हुने उल्लेख गर्नुभयो ।

कम्युनिष्टले मुलुकलाई धेरै बिगारेको आरोप लगाउँदै उहाँले मुलुक र जनताका लागि काँग्रेसले इमान्दारपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता शर्माले वीपीले देश, प्रजातन्त्र र व्यत्तिको सर्वाेच्चताका लागि पु¥याएको योगदान सदैव स्मरणीय रहने बताउनुभयो ।

उहाँले पार्टीको अधिवेशनमा काँग्रेस र प्रजातन्त्रको पक्षमा लाग्नेलाई नेतृत्वमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाली काँग्रेसका महासमिति सदस्य सोभियतबहादुर अधिकारीले अहंकारका कारण कम्युनिष्ट पतन भएको बताउनुभयो ।

महिला नेतृ बृन्दादेवी रानाले काँग्रेस नेतृत्वको सरकारले जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

महासमिति सदस्य देवराज चालिसेले पार्टी भित्र व्यक्तिवादी प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सभा सदस्य विन्दु थापाले जनताका काममा आफू प्रतिवद्व भएर काम गरिरहेको बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीका सभापति कृष्ण कोइरालाले पार्टीका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा महासमिति सदस्यहरु गुरु बराल, गिरिराज गौतम, ऋषि काफ्ले, केशर निर्दाेषी, वीरेन्द्र नारायण बिजुक्छे, पूर्व क्षेत्रीय सभापतिहरु शोभाचन्द्र बराल, निर्मल प्रसाद कर्माचार्य, कास्की काँग्रेसकी सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल, सदस्य मुकुन्द बास्तोला ‘ज्वाला’, नेपाली काँग्रेस क्षेत्र नं २(क)का सभापति विजयराज आचार्य, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, पूर्व केन्द्रीय सदस्य आनन्दी राणा, पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछाने, वडा नं ११ का वडा अध्यक्ष मोहन बास्तोला, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य देवकृष्ण पराजुली, नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा ७ का सभापति नवीन बराल र २० का सभापति तिल बहादुर गुरुङले बोल्नु भएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोलॉमधु’ को अध्यक्षतामा भएको कार्यक्रम २(ख)का सभापति दिपेन्द्र मर्सानीले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀