कोरोना भाइरसको सङक्रमणबाट निधन भएकाको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापन गरिँदै ।
काठमाडौँ, ५ साउन (रासस) । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट दुई हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ मा सङ्क्रमण पुष्टि भएको हो । सोमबार सात हजार ८३३ को पिसिआर परीक्षण गर्दा एक हजार ६४२ तथा तीन हजार ८३१ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ मा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै आइतबार छ हजार ६२८ को पिसिआर परीक्षण गर्दा एक हजार २२३ तथा तीन हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ मा सङ्क्रमण पुष्टि भएको थियो ।
हालसम्म छ लाख ३४ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५९५ सङ्क्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।
सोमबार एक हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका थिए भने आइतबार एक हजार ६६७ जनामा सञ्चो भई घर फर्किएका थिए । काठमाडौँ उपत्यकामा ७१९ सङ्क्रमित थपिए काठमाडौँ उपत्यकामा पछिल्लो समय ७१९ सङ्क्रमित थपिएका छन् ।
काठमाडौँका ५३१, भक्तपुरका ४१ तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ । सोमबार उपत्यकामा ४७४ सङ्क्रमित थपिएका थिए । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै आइतबार उपत्यकामा ३३४ सङ्क्रमित थपिएका थिए भने काठमाडौँका २३४, भक्तपुरका ३६ तथा ललितपुरका ६४ सङ्क्रमित रहेका थिए । २५ सङ्क्रमितको मृत्यु पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतबार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो ।

भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं