अहिलेसम्मको ठूलो नगरा !

अहिलेसम्मको ठूलो नगरा !

RT_Baglung 29

बागलुङ, २९ असार (रासस) । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ ।

कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ ।

अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ ।

सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उहाँको भनाइ छ । स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताउनुभयो ।

यहाँ पाइने भैँसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो । नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गर्नुभएको थियो ।

नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । परम्परागत आरान प्रविधिबाट नगरा निर्माण गरिएको कालीगढ रवीलालले बताउनुभयो ।

यति ठूलो नगरा बनाउन पाउँदा खुशीको अनुभव भएको उहाँले सुनाउनुभयो । कालीगढको मेहनत र शिल्पले विशाल नगरा बनाउन सम्भव भएको अध्यक्ष आश्रमले बताउनुभयो ।

उहाँका अनुसार अर्को ठूलो नगरा काठमाडौँको हनुमानढोका परिसरमा छ । मल्लकालमा बनेको उक्त नगराको गोलाइ साँढे छ फिट छ । अक्षयकोषद्वारा निर्मित नगरा सात फिट गोलाइको भएकाले ‘देशकै ठूलो’ भनेर दाबी गरिएको हो ।

नगराको उचाइ भने छ फिटभन्दा केही बढी छ । “नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थप्ने हाम्रो विश्वास छ”, अध्यक्ष आश्रमले भन्नुभयो,“यसले नेपाली मौलिक लोकवाद्यप्रतिको सम्मान पनि झल्काउँछ ।”

दशैँ, चैते दशैँ, सरस्वती पूजा आदि पर्व र विशेष दिनमा उक्त नगरालाई बजाइने भएको छ । लोकबाजा सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालू आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च भएको छ ।

बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षयकोषले जनाएको छ । संरचना निर्माणसँगै लोकबाजा सङ्कलन र सङ्ग्रहका लागि आउँदो आवका लागि पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।

विसं २०६६ मा स्थापित अक्षयकोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको छ ।

सङ्ग्रहालय निर्माणका लागि अक्षयकोषले तङ्ग्राममै तीन रोपनी जग्गा व्यवस्थापन गरेको थियो । अक्षयकोषले वर्सेनी गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ ।

गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ । अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तरण गरिने अध्यक्ष आश्रमले बताउनुभयो । अक्षयकोषको चल÷अचल गरी रु २० लाखबराबरको सम्पत्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

कृपाको चिसो बतास बजारमा
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀