पोखरा,२६ असार । पोखरा उद्योग वाणिज्य संघले आफ्ना पूर्व अध्यक्ष तथा कार्यसमिति सदस्यको निधनमा श्रद्धाञ्जली तथा शोकसभाको आयोजना ग¥यो ।
गएको ४ महिनाको अवधिमा संघले आफ्ना पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार हेमबहादुर प्रधान र रमेश कर्माचार्य तथा कार्यससमिति सदस्य रुपनारायण भुजेल गुमाएको हो ।
कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य संजिवबहादुर कोइरालाले संघका पूर्वअध्यक्षद्धय तथा कार्यसमिति सदस्यको निधनबाट निजी क्षेत्रले ठूलो क्षति व्यहोरेको बताउनुभयो ।
संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले दुबै पूर्वअध्यक्षहरुले संघको गरीमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँहरुकै कारण संघ अहिलेको अवस्थामा आएको बताउनुभयो ।
संघ तथा श्रद्धाञ्जली कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पूर्व अध्यक्षद्धय तथा कार्यसमितिका सदस्यको निधनले आफू मर्माहत भएको उल्लेख गर्नुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले कोभिडका कारण निजी क्षेत्रले होनाहार व्यक्तिहरु गुमाएको बताउँदै खोपको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरे्न्द्रमान विजुक्छेद्धारा संचालित कार्यक्रममा बोल्दै संघका पूर्व उपाध्यक्ष ईश्वर कर्माचार्यले नाताले भतिज तर सामाजिक रुपले अभिभावकीय भूमिकामा रहने रमेश कर्माचार्यको निधनबाट अपूरणीय क्षति भएको बताउनुभयो ।
हेमबहादुर प्रधानका सुपुत्र रवीन्द्र प्रधानले आफ्ना पिताको योगदानको स्मरण गरेकोमा पोखरा उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
संघका कार्यसमिति सदस्य हरिराज पन्तले दिवंगत कार्यसमिति सदस्य रुपनारायण भुजेलको जीवनीबारे चर्चा गर्दै एक असल र कर्मशील व्यक्तिको निधनबाट समाजले ठूलो क्षति व्यहोरेको बताउनुभयो ।
कार्यक्रममा दिवगंत आत्माको चीरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं