सदस्यता विवाद टुङ्गो लगाउने काम तीब्र गतिमा

सदस्यता विवाद टुङ्गो लगाउने काम तीब्र गतिमा

1200px-Nepali_Congress_Edited.svg

काठमाडौँ, २५ असार (रासस) । नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ ।

काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो ।

७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशिल सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको छ । पार्टीद्वारा गठित क्रियाशिल सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउने तीब्र गतिमा काम गरिरहेको छ ।

समितिका प्रवक्ता एवम् पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशिल सदस्यता विवाद रहेका देशभरका ५०० वडामध्ये ३०० वडाको विवाद टुङ्गो लागेको जानकारी दिनुभयो ।

पार्टीको क्रियाशिल सदस्यता छानविन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशिल सदस्यता विवाद टुङ्गो लगाइने समितिका प्रवक्ता पौडेलले बताउनुभयो ।

काँग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

काँग्रेसको १४ औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
29 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 28 Nov 2025 19:40 UTC
Latest change: 28 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.14up
Indian Rupee 
Indian Rupee
89.42up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
156.27down
US Dollar 
US Dollar
1
29 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 28 Nov 2025 19:40 UTC
Latest change: 28 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀