पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा लालिगुँरासले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ ।
लायन्स क्लब अफ पोखरा लालिगुँरास वर्ष २०२१–२२ का अध्यक्ष कपिलदेव शर्माले क्लबले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो ।
क्लबको माइनुट हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक ३२५ वी १ का एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोतिराज तिमिल्सिना र क्लबका अध्यक्ष शर्माले जनप्रिय माविका प्रध्यानाध्यापक देवि प्रसाद बस्ताकोटीलाई एक लाख २५ हजार एक सय २५ रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो ।
उक्त अक्षयकोषको व्याजबाट जनप्रिय माविमा अध्यक्ष गर्ने गरिव तथा जेहेन्दार चार जना छात्र छात्रालाई छात्रावृत्ति वितरण गरिने क्लबका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
उक्त अवसरमा क्लबका वर्ष २०२०–२१ का अध्यक्ष भरतराज अधिकारीले वर्ष २०२१–२२ का अध्यक्ष कपिलदेव शर्मालाई माइनुट हस्तान्तरण गरी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोतिराज तिमिल्सिनाले अक्षयकोषले गरिव तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न थप प्रेरणा मिल्ने बताउनुभयो ।
रिजन चेयरपर्सन जिवन गोर्खालीले क्लबले वर्षभरी गर्ने गरी ल्याएका कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो ।
लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय माविका प्रध्यानाध्यापक देवि प्रसाद वस्ताकोटी, लायन्स क्लब अफ सेतोगुँरासका अध्यक्ष वसन्त वास्तोला, लायन्स क्लब अफ पोखरा लालिगुँरासका पूर्व अध्यक्ष अनन्त प्रसाद अधिकारी, पूर्व अध्यक्ष मिनराज तिमिल्सिना, निवर्तमान अध्यक्ष भरतराज अधिकारी, प्रथम उपाध्यक्ष ऋषिराम पौडेल, द्धितीय उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव भेषराज बास्तोलाले बोल्नुभएको थियो ।
भर्खरै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं