नेता कुँवरको अन्त्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

नेता कुँवरको अन्त्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

ramji

पोखरा, २२ असार । नेपाली काँग्रेस कास्कीले काँग्रेसका नेता रामजी कुँवरको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले मङ्गलबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र, टे«ड युनियन आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाउनु भएको छ । विज्ञप्तिमा कुँवरलाई निष्ठावान र इमान्दार नेताका रुपमा स्मरण गरिएको छ ।

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नेपाली काँग्रेस कास्की उहाँप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछ भनिएको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

काठमाण्डौंको शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको सोमबार निधन भएको थियो । उहाँको पार्थिव शरीर मङ्गबार बिहान श्रद्वाञ्जलीका लागि काठमाण्डौंको अनामनगरस्थित नेपाल ट्रेड युनियनको केन्द्रीय कार्यालयमा राखिएको थियो ।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा मिनेन्द्र रिजाल, गगन थापा र दीपक गिरी लगायतले श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । त्यहाँ काँग्रेसका नेता, ट्रेड युनियनका नेता तथा शुभेच्छुकहरु पनि पुगेर श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो ।

उहाँको निधन लगत्तै सोमबार नै कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा उपसभापति आइ बहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, प्रवक्ता नवीन सिग्देल शिक्षण अस्पताल पुग्नु भएको थियो ।

उहाँको पार्थिव शरीर मङ्गलबार पोखरा ल्याएर शवयात्रापछि पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, गगन थापा, नेता शुक्रराज शर्माले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो ।

नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रहनु भएका नेता कुँवर हाल नेपाल ट्रेड युनियन काँग्रेसको सल्लाहकार हुनुहुन्थ्यो ।

नेपाली काँग्रेस महासमिति सदस्य रहनु भएका नेता कुँवर पछिल्लो पटक स्थानीय तह पोखरा महानगरपालिकाको निर्वाचनमा प्रमुखको प्रत्यासि हुुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀