प्राधिकरणले ग¥यो विपद्को पूर्व तयारी

प्राधिकरणले ग¥यो विपद्को पूर्व तयारी

Nepal biddut

ज्ञानेन्द्र न्यौपाने

रसुवा, १२ असार ( रासस ) । बाढी पहिराका कारण हुने विद्युत् प्रसारणको अवरोध तत्काल नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्तिसहित विपद् पूर्व तयारी गरेको छ ।

स्याफ्रुबेँसीदेखि रसुवागढी क्षेत्रकोे सडक मार्ग अन्तरगत प्रायःजसो स्थानमा पहिरो जाँदा विद्युतको खम्वा ढल्ने र तार चुँडीने समस्या बढेपछि अन्तर्राष्ट्रिय सीमा रसुवागढीनाका क्षेत्रमा बत्तीको तत्काल आपुर्ति व्यवस्थापन मिलाउन विद्युतका नयाँ खम्वा तथा तार तयारी हालतमा राखिएको हो ।

चीनबाट आयात भएका सामग्रीको भन्सार अभिलेख तयार गराउन सञ्चालन हुने उपकरण, टिमुरेका स्थानीय, सुरक्षा निकाय, राष्ट्रिय गौरवको निर्माणाधिन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजना समेतका क्षेत्रलाई तत्काल विद्युत् आपुर्तिमा सहज पार्न विपद् पूर्व तयारीको व्यवस्थापन गरिएको नेपाल विद्युत प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमवहादुर भण्डारीले बताउनुभयो ।

पहिराले विद्युत्का खम्वा भाँच्न थालेपछि विद्युत् प्राधिकरणका जनशक्ति दिनहुँजसो मर्मतमा तल्लिन रहेको र विगतभन्दा यस वर्ष टिमुरे रसुवागढी क्षेत्रमा बत्तीको उज्यालोबाट बिमुख हुन नपरेको स्थानीय कामीनुर्पु तामाङले जानकारी दिनुभयो।

रसुवागढी क्षेत्रमा प्राकृतिक रूपमा आउने र अन्यक्षेत्रमा ग्रामिण मार्ग निर्माण गराउँदा निम्तिने पहिराले विद्युत् प्रसारणको खम्वा जोगाउन गम्भीर समस्या उत्पन्न भएको छ ।

एकातीर सडकको विकास अर्काेतर्फ विद्युतको खम्वा विनास भइरहेकोले सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मुल्याङ्कनको अध्ययन गराउन जरूरी भइसकेको जनआवाज उठ्न थालेको छ ।

रसुवाको उत्तरगया गाउँपालिकाको करूम्राङ र गोसाइँकुण्ड गाउँपालिकाको लाङ्टाङवाहेक अन्य सम्पूर्ण भागमा विद्युत् प्रसारण भइसकेको छ। प्राकृतिक प्रकोपबाट कुनै खम्वा वा तारको क्षति भएमा छिटो प्राधिकरणको एकाइलाई खवर गरी तत्काल मर्मत एवं पुनः निर्माण कार्यमा सहयोग गरिदिन उपभोक्तालाई आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।

निरन्तर विद्युत् प्रवाह भइरहने हुँदा खम्वा ढलेमा वा तार चुडिएको देखिएमा नछुन र भलपानी तर्काउने निहुँमा विद्युत् खम्वाको छेउछाउमा पानी नपठाउन समेत प्राधिकरणले आग्रह गरेको छ।

जिल्ला भित्र करिव १५ हजार खम्वा गाडिएको र समग्रमा छ सय किलोमिटर भन्दा बढी दूरीको प्रसारित लाइनबाट ग्रामिण क्षेत्रमा विद्युत् आपुर्ति भइरहेको प्राधिकरणका सिनियर सुपरभाइजर धनवहादुर तामाङले जानकारी दिनुभयो । विद्युत् उपभोग गर्ने ग्राहक सङ्ख्या भने नौ हजार पाँच सय घर परिवार रहेको बताइएको छ। मासिक रू एक करोड विद्युत् शुल्क उठ्ने गरेको र चुहावट भने अत्यन्तै न्यून रहेको छ ।

अवैधानिक तवरले विद्युत चुहावट गरी आफुलाई फाइदा र प्राधिकरणलाई नोक्सान पार्ने केही व्यक्तिलाई कारवाही समेत गरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाको भौगोलिक भू धराताल बढीमात्रामा भीरालो र माटो खुकुलो भएका कारण वर्षायामको अवधिमा बाढी पहिराले तार तथा खम्वाहरू क्षति हुने गरेको प्राधिकरणका विद्युत् प्राविधिक बताउछन् ।

कुनै ग्राहकको घरमा विद्युत् प्रसारण अवरोध भएमा छिटो भन्दा छिटो सूचना दिने ग्राहकको हकमा मध्यान्ह १२ बजे भित्र सोही दिन र त्यसपछि सूचना दिने ग्राहकको भने काम गर्दै जाँदा मर्मत कार्य सम्पन्न नसके भोलिपल्ट विद्युत् आपुर्ति गराउने कार्य तालिका बनाइएको बताइएको छ ।

यस्तै विद्युत् उपभोग गर्ने ग्राहकले इसेवा मार्फत शुल्क तिर्न सक्ने र ग्रामिण क्षेत्रमा यस्तो सेवाबाट तिर्न नसक्नेका लागि धुञ्चे, कालिकास्थान एवं वेत्रावतीको एकाइमा बुझाउन सक्ने व्यवस्था मिलाइएको छ ।

तिर्नुपर्ने मासिक शुल्क भने मिटर परिक्षण गर्ने कर्मचारीले परिक्षण गर्दासाथ ग्राहकलाई उपलव्ध गराउने गरेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखा धुञ्चेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
16 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Nov 2025 00:50 UTC
Latest change: 15 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142
Indian Rupee 
Indian Rupee
88.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
154.68
US Dollar 
US Dollar
1
16 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Nov 2025 00:50 UTC
Latest change: 15 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀