पोखरा, २७ जेठ । कास्कीमा आज ८१ स्थानबाट कोभिड – १९ विरुद्वको खोप दिइदै छ ।
कास्कीमा ६२ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नागरिकलाई पहिलो मात्रा भेरोशिल खोप दिन लागिएको हो ।
पोखरा महानगरपालिकाभित्र ४२, अन्नपूर्ण, माछापुच्छ«े, रुपा गाउँपालिकाका नौ÷नौ स्थान र मादी गाउँपालिकाका १२ स्थानमा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।
‘खोप लगाउनका लागि आवश्यक तयारी पूरा भएको छ, प्रमुख आचार्यले भन्नुभयो– नागरिकता वा उमेर खुल्ने कागजात सहित खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध छ।’ बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिनेछ ।
यसपटक कास्कीका आठ हजार जनालाई खोप लगाउने तयारी छ । कास्कीका लागि १६ हजार मात्रा खोप आएको छ ।
आठ हजार जनालाई दोस्रो मात्रा समेत पुग्ने गरी खोपको व्यवस्था मिलाइएको प्रमुख आचार्यको भनाइ छ । आठ हजार जनालाई आज एकै दिन खोप लगाइने छ । आज खोप लगाएकाहरुलाई २८ दिने पछि नै दोस्रो मात्राको खोप दिइने प्रमुख आचार्यको भनाइ छ ।
खोप केन्द्रमा दुई जना खोप कार्यकर्ता र आवश्यता हेरी दुईदेखि तीन जनासम्म स्वास्थ्य स्वयंसेवक परिचालन गरिने छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं