पोखरा, २३ जेठ । आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई नेपाली काँग्रेसको पहलमा सहयोग गरिएको छ ।
आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना संक्रमित शिशुका परिवारलाई काँग्रेसको पहलमा सहयोग गरिएको हो ।
२१ दिने शिशुसहित बाबुआमा पनि संक्रमित हुनुहुन्छ । उहाँ तीन जनाको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भैरहेको छ ।
रोल्पा घर भइ विगत पाँच वर्षदेखि पोखरामा बस्दै ज्यालादारी मजदुरी गर्दै आएको सो परिवार आर्थिक संकटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काँग्रेसका युवा नेता भानु ढकालको पहलमा आर्थिक सहयोग जुटेको हो ।
पोखरा फूलबारीमा डेरा गरी बस्दै आएको बुढा मगरको परिवारलाई आइतबार एक लाख ५८ हजार आर्थिक सहयोग गरिएको थियो ।
नेपाली काँग्रेस कास्कीका प्रवत्ता नवीन सिग्देल, जिल्ला सदस्य भिम गौतम, पोखरा ११ का वडा अध्यक्ष मोहन बास्तोला, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी अध्यक्ष नारायण बराल, जिल्ला अध्यक्ष उदयकान्त तिवारी, नेपाल दलित संघ कास्कीका सचिव गोविन्द नेपालीकोे उपस्थिति र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा भरत बहादुर खत्रीको रोहवरमा सहयोग हस्तान्तरण गरिएको हो ।
विभिन्न सहयोगीदाता र नेपाली काँग्रेस कास्कीको वीपी विपत् कोषबाट संकलित रकम सहयोग गरिएको छ ।
सो परिवारका लागि पोखरा पृथ्वीचोक निवासी ध्रुव गुरुङले ६० हजार, नेका क्रियाशील सदस्य टीकाकुमारी गुरुङले २० हजार, युवा व्यवसायी विश्वराज श्रेष्ठले १० हजार, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि प्रज्वल रञ्जितले १० हजार सहयोग गर्नुभएको छ ।
नेपाली काँग्रेस जिल्ला सदस्य भिम गौतम, नेपाली काँग्रेस कास्की वीपी विपत् कोष, अमरसिंह उच्च माविका पूर्व प्रधानाध्यापक विजय बहादुर थापा, जनप्रिय क्याम्पस स्ववियु सभापति आशिक गुरुङ र युवा व्यवसायी दिपेन्द्र शर्माले पाँच÷पाँच हजार, लोटस् युनिफर्मका सिद्वार्थ गुरुङ र मिलि नेपालीले तीन÷तीन हजार, नेपाल तरुण दलका नेता सुजन सुवेदीले दुई हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै पोखरा चाउथे निवासी परिचय खुलाउन नचाहने महिलाले १५ हजार र अर्का एक युवाले १० हजार सहयोग गर्नुभएको छ । ‘स्वस्फुर्त रुपमा सहयोग जुटेको हो, युवा नेता ढकालले भन्नुभयो– सहयोग गर्ने सबैप्रति आभारी छु।’
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं