डोटी, २२ जेठ (रासस) । जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ ।
सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सिङ्गो गाउँ नै कोभिड सङ्क्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, सङ्क्रमितको उपचारमा पनि समस्या छ ।”
उहाँका अनुसार ५२ जना सङ्क्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो । यतिमात्र नभई एउटै परिवारका छ जनासम्मलाई सङ्क्रमण पुष्टि भएको पाइएको छ ।
गाउँका अधिकांशलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गर्ने गरेका छन् । सङ्क्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै सङ्क्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन् ।
सङ्क्रमित देखिएकाहरुमा जटिल खालको स्वास्थ्य समास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होमआइसोलेशनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिनुभयो ।
यस गाउँमा रहेको स्वास्थ्य चौकीमा दुई स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण सङ्क्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सङ्क्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं