नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीलाई फेरि राजनीतिमा सक्रिय नहुन सुझाव दिएका हुन् । ‘राष्ट्रपति भइसकेको मान्छे पुन: राजनीतिमा सक्रिय हुनुहुँदैन । संविधानमा जेसुकै कुरा उल्लेख भए पनि राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किनु हुँदैन,’ उनले भने ।
नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा पनि आफूले राजनीतिमा नफर्किन सुझाव दिएको बताए । ‘केही समयअघि पूर्वराष्ट्रपति भण्डारीजीसँग मेरो कुराकानी भएको थियो । उक्त भेटमा मैले राजनीतिमा नफर्किँदा राम्रो हुन्छ भनेर सुझाव दिएको थिएँ,’ उनले भने ।
१४ असारमा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको केन्द्रीय कमिटीको बैठकले राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै नवीकरण भइसकेको भनिएको पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वत: निष्क्रिय भएको एमालेले बताएको छ ।
कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।
भर्खरै
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं