पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । एक शिक्षक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी धादिङ स्थायी वतन भई पोखरा महानगरपालिका–२५, हेम्जा निवासी २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
घाचोकको लस्तीखोला स्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान करिब १० बजे पहिरो खस्दा तेजबहादुरको मृत्यु भएको डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
बंगुर फार्मका लागि डोकोमा दाना लिएर जाँदै गर्दा गुरुङ पहिरोमा परेका थिए। उनी सम्पर्कविहीन भएपछि स्थानीयले खोजी सुरु गरेको थियो । सडकमा माथिबाट खसेको पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्।
पोखराबाट मोटरसाइकल चढेर विद्यालयतर्फ जाँदै गर्दा उनलाई पनि पहिरोले भेटेको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याए । अस्पतालमा पोखरेलको उपचार भइरहेको छ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं