गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । नेपाली कांग्रेसका नेता गुरुङको आज बिहान ८ बजे आफ्नै निवास भरतपुर–२६, दिव्यनगरमा निधन भएको हो ।
७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । वि.सं २००६ माघ २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका साविक घलेल गाविस वडा नं. ४ मा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी पुगेका हुन् ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । झण्डै ३२ महिना प्रदेश प्रमुख भएका गुरुङ यहाँ सबैभन्दा बढी समय प्रदेश प्रमुख हुने अवसर पाएका थिए । उनी २०८० फागुन २८ गते पदमुक्त भएका थिए । गुरूङ पदमुक्त भएपछि सुदूरपश्चिमका अग्रज नेता डिल्लीराज भट्ट प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी शेर बहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।
वि.सं. २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए ।
उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा आदित्य र श्रीमती लक्ष्मी प्रभा छन् । गुरूङका छोरा देश बाहिर क्यानडामा रहेकाले उनी आएपछि आइतबार अन्त्येष्टि गरिनेछ ।
गुरुङले वि.सं.२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत गरेका थिए । उनी शहीद हरिप्रसाद गुरुङका सन्तान हुन् ।
विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी वि.सं. २०२९ सालमा नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिएका हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले करिब ३ वर्ष जेल जीवनसमेत बिताए । उनले लामो समय नेपाली कांग्रेस चितवनको सचिव र पछि दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका भएका थिए ।
भर्खरै
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं