काठमाडौँ — एमालेले पार्टी राजनीतिमा फर्कन नदिने भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक अभियानलाई अगाडि बढाउने भएकी छन् ।
आफूलाई रोक्ने पार्टी निर्णयबारे औपचारिक धारणा सार्वजनिक गरिनसके पनि उनले निकटस्थ नेताहरूलाई आगामी महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने धारणा व्यक्त गरेकी छन् ।
एमाले केन्द्रीय कमिटीले मंगलबार मध्यरातमा ‘संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्मअनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने’ तर्कसहित भण्डारीको पुनरागमनमा रोक लगाउने निर्णय गरेको थियो ।
पार्टीबाट यसरी रोक लगाउने निर्णय हुन्छ भन्ने अनुमान उनले मंगलबार दिउँसोसम्म पनि गरेकी थिइनन् । उनको सदस्यता नवीकरण एक वर्षअघि नै भइसकेको थियो । पार्टीको पछिल्लो निर्णयपछि भण्डारी आन्तरिक परामर्शमा लागेकी छन् । निकट नेताहरूका अनुसार उनी मदन भण्डारी फाउन्डेसनमार्फत जबज केन्द्रित अभियान चलाउने मनस्थितिमा छिन् । ‘म अघि बढिसकें, राजनीतिक अभियान रोकिँदैन । देशव्यापी रूपमा कार्यक्रम बनाएर जानुपर्छ,’ उनले निकटस्थसँग भनेकी छन् ।
भर्खरै
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं