काठमाडौँ : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूको बैठक चाक्सीबारीमा बसेको छ।
सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारीरुपमा अघि बढाउनेबारेमा छलफल भएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताए। सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरूले राखेको उनले बताए।
यसबारेमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने बताए।
गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ। संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि बताइएको छ।
सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको छ। संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरूको निष्कर्ष रहेको उनले बताए।
संविधान संशोधनका लागि सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्ने कुरामा छलफल भएको उनले बताए।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं