पोखरा । निरन्तर वर्षाका कारण काहुँखोलाको बहाव बढ्दा खोलाले बस्तीतर्फ कटान गरेको छ ।
पोखरा महानगरपालिका–२० भलाम र पोखरा महानगरपालिका–१३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ ।
पर्खाल भत्काएर खोला काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदो पसेको छ । काहुँखोलाको बाँध फुटेपछी घट्टेखोला पुल र वरपरको बस्ती खतरामा परेको छ ।
पोखरा–२० भलाम स्थित सूर्यबहादुर बास्तोलाको टिनले छाएको एक तले भवनका सात कोठाहरु मध्ये तीनवटा कोठा पूर्णरूपमा क्षति पुगेको कास्की प्रहरीले जानकारी दिएको छ । यस्तै, ढल्के पुलकी दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति हुन पुगेको पोखरा–१३ का वडाध्यक्ष किरण बरालले बताए ।
उनका अनुसार खोलाले पर्खाल भत्काउँदा कटान गरेर ढल्के पुलको एउटा घरमा क्षति पुगेको हो । खोलाको धारलाई पूर्वास्थामै फर्काउने काम भइरहेको उनले जनाए । क्षती भएको घर नजिकै जाली लगाउने काम भइरहेको उनको भनाई छ । रामबजार वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवप्रसाद कँडेल, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवाल सहितको टोली रातिदेखि नै उद्धार कार्यमा खटिएको छ ।
शुभकामना टोलबाट काहुँखोला दुईतिर बग्छ । त्यहाँबाट खोला पूर्वतिर नहरमार्फत विजयपुर खोलामा मिसिन्छ भने दक्षिणतिर सिँचाइ नहरमा जान्छ । यहाँ कांग्रेसका नेता दीपक गुरुङ माइला र उनका आफन्तले प्लटिङ गरेका छन् । जसको रिटेनिङ पर्खालले सिँचाइ नहर साँघुरिएको छ ।
सिँचाइ नहर साँघुरो हुँदा पानीले निकास नपाएर शुभकामना टोलका घर शनिबार राति डुबानमा परेका थिए । पानीले निकास नपाएपछि र बहाब थेग्न नसकेपछि ०३८ सालतिर निर्माण गरिएको पर्खाल भत्किएको हो । त्यसपछि दुईतिर जाने पानी एकैतिर बग्दा खोलाको बहाब बढ्यो । जसले नहर आसपासका घरमा बाढी पसेको हो । यसअघि काहुँखोला अहिले पर्खाल भत्किएभन्दा बायाँतर्फबाट नहरमा मिसिन्थ्यो ।
पोखराको वडा नं. १८ र २० का साथै अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति भएको कास्की प्रहरीले जनाएको छ । कस्की जिल्लाभर भएका बाढी–पहिरोका घटनामा मानवीय क्षति भने भएको छैन ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं