पोखरा । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीस्थित लाङ्दीमा आइतबार बिहान पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतिको मृत्यु भएको छ ।
निरन्तर परेको वर्षाका कारण आइतबार बिहान करिब साढे चार बजे घरमाथिबाट खसेको पहिरोले ७८ वर्षका छविलाल विश्वकर्मा र उनकी पत्नी ७५ वर्षीया विष्णुमती बिकको ज्यान लिएको हो ।
पहिरोले घर पुरिएपछि उनीहरु बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार स्थानीय बासिन्दाले बिहानैदेखि खोजी थालेका थिए । खोजीका क्रममा आइतबार बिहान करिब सवा नौ बजेतिर छविलालको शव पहिरोस्थलमै फेला परेको थियो भने विष्णुमतीको शव दिउँसो भेटिएको हो ।
शवहरू पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पर्वतमा राखिएको छ । घटनास्थलमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको थियो । तर पहिरोका कारण गाउँतर्फ जाने सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।
उक्त घरमा बस्दै आएकी छविलाल दम्पतिकी बुहारी ३२ वर्षीया पवित्रा बिक पहिरोमा परेर घाइते भएकी छन् । पहिरोले ढाड र कोखमा चोट लागेकी पवित्राको प्रादेशिक अस्पताल पर्वतको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा हेमन्त बास्तोलाले उनको अवस्था खतरामुक्त रहेको जनाएका छन् ।
लगातारको वर्षाले पर्वतका विभिन्न स्थानमा पहिरोको जोखिम बढिरहेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन अनुरोध गरेको छ । प्रहरी निरीक्षक सापकोटाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै अन्य जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जानकारी दिए ।
भर्खरै
पर्वतमा पहिरोले पुरिएर वृद्ध दम्पतिको मृत्यु, बुहारी घाइते
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले दुई लाख दिने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं