पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

ओलीसँग राष्ट्रिय राजनीतिबारे कुरा भयो, पार्टी सदस्यता नवीकरण भइसकेको छ : पूर्वराष्ट्रपति भण्डारी

oli-and-bidhya-2072025123924-1000×0

काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको कुरा दोहोर्‍याएकी छिन् । आइतबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले सदस्यता नवीकरण पुरानै कुरा भएको बताएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झन्डै दुई घण्टा कुराकानी भएको थियो । भण्डारीले ओलीसँग आइतबार राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भएको दाबी गरिन् । उनले भनिन्, ‘उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो । अहिलेको समस्या र परिस्थितिबारे कुराकानी भयो । अरु विषय आधिकारिक च्यानलबाट थाहा हुन्छ ।’

त्यस्तै पछिल्लो समय एमाले नेताहरूले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा भएको दाबी गरिरहँदा भण्डारीले भनिन्, ‘त्यो त पुरानै कुरा भयो । पार्टी सदस्यता नवीकरण त पहिले नै भइसकेको छ ।’

शनिबार सचिवालय बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा भएको दाबी गरेका थिए । सदस्यता नवीकरण भन्ने विषयमा पार्टी विधानको धारा ८ र ९ आकर्षित भएको उल्लेख गर्दै यसबारे थप छलफल हुने बताए । ‘पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण पेन्डिङमा रहेको छ,’ उनले भनेका थिए, ‘यसबारे थप छलफल गर्ने निर्णय भएको छ ।’

भण्डारीले २०८० मा सदस्यता नवीकरण गरेको बताए पनि पार्टीभित्र विवाद उत्पन्न भएको छ । राष्ट्रपति निर्वाचित भएपछि सदस्यता त्यागेको अवस्थामा सदस्यता नवीकरण गर्न नमिल्ने तर्क संस्थापन पक्षको छ । उनीहरूले नयाँ सदस्य प्राप्तिका लागि संगठन विभागले निर्णय गर्नुपर्ने बताएका छन् । भण्डारी पक्षले भने पुरानै सदस्यता नवीकरण गरिएको बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो ।

यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल भएको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका छन् ।

एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

अमेरिका अपडेट

Loading...
21 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Jul 2025 00:40 UTC
Latest change: 20 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.84
Indian Rupee 
Indian Rupee
86.11
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
148.86
US Dollar 
US Dollar
1
21 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Jul 2025 00:40 UTC
Latest change: 20 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀