काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएको जिम्मेवारीमा बस्न तीन वडाध्यक्षले अस्वीकार गरेका छन्। वडाध्यक्षहरू दलबहादुर कार्की, बीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले बालेनले दिएका विभिन्न विषयगत जिम्मेवारी लिन अस्वीकार गरेका हुन्।
मेयर बालेनले कार्कीलाई सुशासन समिति, प्रजापतिलाई सूचना प्रविधि समिति र राजभण्डारीलाई सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी दिएका थिए। तर, कार्यपालिकाको बैठकले अनुमोदन नगरेको भन्दै उनीहरूले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन्।
काठमाडौं महानगरपालिकाको प्रमुखज्युको सचिवालयको मिति २०८२/०२/०१ गतेको पत्रमार्फत हामी तपसिलका नगर कार्यपालिकाको सदस्यहरूलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम ९१) बमोजिमको तपसिलका विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन ।
तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारीहरू कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले, उपयुक्त नदेखिने हुँदा तत् तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा संयुक्तरूपमा जानकारीको लागि अनुरोध गर्दछौं, उनीहरुले सामूहिक पत्रमार्फत जानकारी गराएका छन्।
भर्खरै
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं