पोखरा महानगरपालिका वडा नं. १७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन महत्वपूर्ण शुभ कार्य सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
कोटिहोम महायज्ञको लागि गत फागुन २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विवादका कारण त्याहाँ हुन नसकेपछि कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।
पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पूजन सम्पन्न भएको छ ।
त्यस्तै, पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमिमा बुधबार बिहान ठीक ११ बजेर १ मिनेटमा भूमि पुजन गरिएको छ ।
नेपाल पञ्चाङ्ग विकास समिति नेपालले दिएको उत्तम साइतमा नै भूमि पुजनको कार्य सम्पन्न भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
त्यस्तै, यज्ञ कुण्ड पनि खनिएको छ । ठीक ११ः११ बजे विधिवत् रुपमा यज्ञ कुण्ड खनिएको जनाइएको छ ।
उक्त भूमि पूजन कार्यक्रममा विभिन्न स्थानबाट आएका स्वामी, पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही, वडा नं। १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि तथा आमा समूहका प्रतिनीधिहरू सहभागी थिए ।
भर्खरै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं