नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दू धर्म, हिन्दू संस्कृति र परम्परा मान्ने राष्ट्र भएको बताएका छन् ।
नेपालमा हिन्दू राज्य र राजसंस्था स्थापना हुनुपर्ने माग राख्दै पछिल्ला दिनहरुमा विभिन्न किसिमका आन्दोलनका गतिविधि भइरहेका बेला डोटी र डडेल्धुराको संगम स्थलमा रहेको गहनान धाम क्षेत्रमा सञ्चालन भइरहेको श्रीमद् देवी भागवत महापुराण ज्ञान धन, धान्याञ्चल लक्ष हवन महायज्ञको उद्घाटन गर्दै सभापति देउवाले नेपाल हिन्दू राज्य घोषणा नभएपनि नेपाली सबै हिन्दू रहेको बताएका हुन्।
‘हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो’, देउवाले भने, ‘गौ पुजन हुने देश हो, हामी सबै गाईलाई पूजा गर्दछौं।’ देउवाले गहनान धाम क्षेत्र ऋषिमुनीहरुले तपस्या गर्ने भूमि भएकाले यसको महत्व ठूलो रहेको बताए। ‘हाम्रो बाजे पुर्खाहरूको चिहान हो’, उनले भने, ‘उहाँहरूलाई यहीँ जलाएको हो । यहाँ दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।’ (अन्नपूर्ण पोस्टबाट साभार ।)
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं