भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै, दुर्घटनामा सात नेपालीले ज्यान गुमाएको जानकारी दिएको छ। दुर्घटनामा कैलालीका दुई जना, अछामका चार जना र बाँकेका एक जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयको बिज्ञप्तीमा जनाइएको छ ।
मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मौसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राधेछन् ।
यस्तै दुर्घटनामा ४ जना नेपाली घाइते भएका छन् । तीमध्ये ३ जनाको स्थानीय अस्पतालमा र गम्भीर घाइते भएका १ जनालाई जलगाउँको गोदावरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा १३ जनाको मृत्यु भएको हो ।
रेलमा आगो लागेको हल्ला फैलिएपछि यात्रुहरू अतालिएर रेलको लिकमा हाम फालेको बताइन्छ । त्यो लिकमा बेंगलुरुबाट नयाँदिल्लीका लागि कर्नाटक एक्सप्रेस रेल आउँदै थियो। सोही कारण बीचमा हामफाल्दा यात्रुहरूको लिकमा किचिएर मृत्यु भएको जानकारी दिइएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउनका लागि र घाइतेहरूको शीघ्र उपचारका लागि नेपाल सरकारले काठमाडौंंस्थित भारतीय दूतावासमार्फत भारतलाई आग्रह गरिसकेको जानकारी दिइएको छ ।
भर्खरै
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
दक्षिण कोरियाले गर्यो १० नेपालीलाई निष्कासन
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं