विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली

विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली

UML President KP Sharma Oli

नेकपा एमालेले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण रहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच हस्ताक्षर भएको बिआरआई सहयोग ढाँचाको विशेष महत्व रहेको उल्लेख छ।

गुण दोषका आधारमा नभई आफ्ना निश्चित राजनीतिक आग्रह या भूराजनीतिक स्वार्थमा कुनै पनि सहायता परियोजनाका विषयलाई अनावश्यक राजनीतिकरण गर्नु र विवादित बनाउनु राष्ट्रिय हितमा नहुने नेकपा एमालेको ठहर छ। ‘हस्ताक्षर भएको बिआरआई सहयोग ढाँचाको विशेष महत्व छ। कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुयाउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुऱ्याउने विश्वास लिइएको छ।

जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र नेपाललाई यथासक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन हामीलाई स्रोतको अभाव छ।’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले हामी नेपालको राष्ट्रिय प्राथमिकताका क्षेत्रमा, राष्ट्रिय हितको सुनिश्चितता गर्दै अन्य विकास साझेदारहरूसँग पनि यस्तै साझेदारी अभिवृद्धि गर्न चाहन्छौँ।

लगानी भित्र्याउन चाहन्छौँ । गुण दोषका आधारमा होइन, आफ्ना निश्चित राजनीतिक आग्रह या भूराजनीतिक स्वार्थमा कुनै पनि सहायता परियोजनाका विषयलाई अनावश्यक राजनीतिकरण गर्नु र विवादित बनाउनु राष्ट्रिय हितमा हुँदैन भन्ने विषयमा नेकपा एमाले स्पष्ट छ।’

एमालेले बीआरआईको विषयमा एमाले र कांग्रेसले साझा धारणा तय गरेर हस्ताक्षर गरिएको जानकारी प्रतिवेदन मार्फत दिएको छ। संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना विफल तुल्याइदिएको एमालेको दाबी छ। ‘यो सम्झौता आफैँमा महत्वपूर्ण छ, तर यावत् भ्रम, मिथ्याप्रचार र असहजतालाई चिर्दै यस विषयमा मुलुकका दुई मुख्य दलका बीचमा जस्तो साझा अवधारणा निर्माण हुन सक्यो, यो विषय पनि उत्तिकै महत्वपूर्ण छ।

यसले वाह्य सम्बन्ध र वाह्य सहायता परिचालनमा सिङ्गो राष्ट्रको एउटै बोली बनाउन र वार्ताको टेबलमा राष्ट्रिय अडान बलियो बनाउन मद्दत पुऱ्याएको छ।’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना पनि यसले विफल तुल्याइदिएको छ।’

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग विश्वसनीय सम्बन्ध र आर्थिक साझेदारी विकास गर्न चाहेको प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘नेकपा एमाले चाहन्छ– सन्तुलित, असङ्लग्न, विश्वसनीय, दिगो एवं पारस्परिक विश्वास र लाभमाथि आधारित परराष्ट्र नीतिका आधारमा मुलुकको वाह्य सम्बन्ध परिचालन होस्। कुनै पनि स्वतन्त्र राष्ट्रले अरुको आदेश, निर्देश या हितका लागि काम गर्नुपर्ने बाध्यता अब नरहोस्। हामी स्वाधीनताको साँचो प्रयोगमा जोड दिन चाहन्छौं।’

राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग विश्वसनीय सम्बन्ध र आर्थिक साझेदारी विकास गर्न चाहन्छौं। नेपाल छिमेकी लगायत मित्र राष्ट्रका जायज चासो र सरोकारप्रति संवेदनशील छ। त्यसैगरी छिमेकी र सबै मित्र राष्ट्रहरू पनि नेपालको राष्ट्रिय हित, यसको स्वतन्त्र विदेश नीति, वाह्य सम्बन्ध सञ्चालन र संवेदनशीलताप्रति संवेदनशील, सहयोगी र सकारात्मक बनून् भन्ने नेपाल चाहन्छ। ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता सदा झैं नेपालको बाह्य सम्बन्धको मूल आधार रहनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
14 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 14 Nov 2025 00:15 UTC
Latest change: 13 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.87
Indian Rupee 
Indian Rupee
88.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.71
US Dollar 
US Dollar
1
14 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 14 Nov 2025 00:15 UTC
Latest change: 13 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀