सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै बहस गरेका थिए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
बहसमा सरकारी वकिलले पोखरा महानगरपालिकाको नेतृत्वमा बनेको समितिले गत वैशाख २६ मा प्रहरीलाई बुझाएको वित्तीय विश्लेषण प्रतिवेदनबाट सहकारीको रकम हिनामिना हुनुमा गोर्खा मिडियाको संलग्नता देखिएकाले अनुसन्धान गर्नुपरेको तर्क गरेका थिए । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार पनि गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही हुनुपर्ने सरकारी वकिलको तर्क थियो ।
छानबिन समितिले गोर्खा मिडियाका सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको र मन्त्रिपरिषद्बाट समेत प्रतिवेदन कार्यान्वयन निर्देशन भएबमोजिम पूरक अभियोजन लैजाने गरी तयारी गरेको सरकारी वकिलले अदालतमा बताएका थिए ।
यस प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीले प्रहरीसँगको बयानका क्रममा आर्थिक कारोबारको जिम्मा रवि लामिछाने र जीबी राईले गर्ने गरेको बताएका थिए । उनको बयानलाई पनि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने कारणका रूपमा रहेको सरकारी वकिलको भनाइ थियो ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं