प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्न न्यूयोर्क आईपुगेका बखत नेपालीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सबै अधिकार सहितको नागरिकता दिनका लागि आफु प्रतिवद्ध रहेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले बिदेशमा रहँदा राजनीतिक अधिकार कटौती हुने तर अरु सबै अधिकार पाउने तथा यदी कुनै व्यक्ति नेपाल फर्केमा राजनीतिक अधिकार सहित सबै अधिकार प्राप्त हुने नागरिकताका लागि आफु सचेत रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले हाल प्राप्त भएको गैरआवासीय नागरिकतालाई लौरो न हतियार भनेका छन् ।
मैले गैरआवासीय नागरिकता दिँदाका बखत पनि भनेको थिएँ, साथीहरु उत्साहित हुनु भयो तर त्यो बाँदरको पुच्छर लौरो न हतियार भने जस्तै हो । प्रधानमन्त्री ओलीले एक पटकको नेपाली सँधैको नेपाली हुनका लागि नागरिकताको निरन्तरता हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नागरिकतामा खुसी हुनेहरु प्रति लक्षित गर्दै भने, त्यो गैरआवासीय नेपाली भनेको त, नेपालप्रति माया नहुनेहरुको कुरा हो । प्रधानमन्त्री ओलीले गैरआवासीय नागरिकता भन्नेहरु आफुलाई नेपाली नागरिक भन्न नचाहनेहरुको कुरा हो भनेका छन् । प्रधानमन्त्री ओलीलाई बंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता अभियानका अभियान्ता संजय थापाले विश्वभरबाट हस्ताक्षर अभियान चरिहेको समेत जानकारी दिएका छन् ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं