अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्या बारे पूर्ण विवरण आउन भने बाँकी छ । स्थानिय प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । श्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
सोमवार अपरान्ह अपार्टमेण्टको कोठाभित्र शव भएको जानकारी प्रहरीलाई दिइएको थियो । एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार मृतकका परिवारलाई घटना बारे जानकारी दिईसकिएको छ । मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार मुनाले चार दिन अघि फोनमा कुराकानी गरेकी थिईन् । मुना परिवारकी एक मात्र सन्तान थिईन् ।
भर्खरै
अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र
अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि
अमेरिका युनेस्कोबाट बाहिरिँदै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं