आइतवार अमेरिका र नेपालबाट एकै साथ संचालित न्यूजपाली डटकमले एनआरएनए नागरिकता कि नागरिकताको निरन्तरता बिषयक जुम मार्फत खुल्ला छलफल कार्यक्रमको आयोजना गरेको छ । बिगत २१ बर्षदेखी प्रवासमा रहेका नेपालीहरुले माग राख्दै आएको नागरिकताको निरन्तरताका लागि सहयोग पुगोस भन्ने हेतुले न्यूजपाली डटकमले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक तथा पूर्व कानुन मन्त्री पदम गिरीले बिशेष सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका युवा नेता गिरीले आफ्नो पार्टी प्रवासी नेपालीहरुको नागरिकता निरन्तताको पक्षमा रहेको बताएका छन् । मन्त्री गिरीले प्रवासी नेपालीहरुको नागरिकताको सबालमा पार्टीले जति सक्दो छिटो निर्णय गरेर जाने पक्षमा रहेको बताए । मन्त्री गिरीले भने संबिधाननै संशोधन गरेर जानु परेपनि आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्व मन्त्री गिरीले प्रवासमा रहेका नेपालीहरुलाई नागरिकता दिनका लागि तत्पर रहेको उल्लेख गरे । उनले लाखौं नेपालीहरुको मनोभावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैगरी एनआरएनए नागरिकता कि नागरिकताको निरन्तरता बिषयक खुल्ला कार्यक्रमलाई बिशेष सम्बोधन गर्दै, कार्यक्रमका प्रमुख वक्ता कानुन व्यवसायी तथा गैरआवासीय नेपाली नागरिकता बिज्ञ खगेन्द्र जिसीले अहिले सरकारले जारी गरेको एनआरएनए नागरिकताको कार्यन्व्यनको सबालमा धेरै पक्षमा कम्जोरी रहेको जनाउँदै सरकारले गम्भिर भएर दिइएको अधिकार बुझ्न र कार्यन्वयन गर्न आग्रसर हुन आग्रह गरेका छन् ।
हामीले गैरआवासीय नेपाली नागरिकता त पाएका छौं, तर भिषा लगाउनु पर्ने, मातपोतमा घर जग्गा खरिद गर्दा किनबेच गर्न नमिल्ने, गैरआवासीय नागरिकता लिँदा प्रहरीको रिर्पोट माग्ने जस्ता अनेकन झमेलाहरु रहेको बताए । कानुन व्यवसायी जिसीले सरकारले अहिले दिएको अधिकार कार्यन्वयन गर्न र नागरिकताको निरन्तरता दिन सके, बिदेशमा ज्ञान, सिप र धन आर्जन गरेका लाखौं नेपालीहरु देशको समृद्धिमा सहयोगी हुने धारणा राखेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले बिदेशमा रहेका नेपालीहरुलाई जति सक्दो छिटो नागरिकताको निरन्तरता गर्न माग गरेका छन् । उनले त्यसो हुन सकेमा बिदेशमा रहेका लाखौं नेपालीहरुबाट राज्यको समृद्धिमा जोडिने धारणा राखे । भण्डारीले ग्रिन कार्डमा रहेको व्यक्ति चुनाव लड्छु भन्दा ९० दिनको समय सिमा लाग्ने तर नागरिकता त्यागेको व्यक्ति भने तुरुन्तै चुनाव लड्न पाउने व्यवस्थाका बारेमा सोच्न सम्वन्धित पक्षलाई आग्रह गरेका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रवासी मञ्चका केन्द्रिय अध्यक्ष संजय थापाले प्रवासी नेपालीहरुलाई नागरिकताको निरन्तरताका लागि दबाव दिन एक हुनुपर्ने समय आएको धारणा राखे उनले भने, अहिले कांग्रेस एमालेको संयुक्त सरकार छ, संबिधान समेत संशोधन गरेर जाने कुरा छ, यसर्थ यही बेला हामीले हाम्रो अधिकार स्थापित गर्न लाग्नुपर्ने हुन्छ । कार्यक्रममा पत्रकार संजय घिमिरेले सरकार र पार्टी समद्ध नेताहरुले बिदेशमा रहेका नेपालीहरुलाई हेर्ने दृष्टिकोणनै गलत रहेको तर्क गर्दै, उनले बिदेशमा सिंगो देश बोकेर बसेका नेपालीहरुको मनोभावना बुझ्न आग्रह गरे ।
नागरिकता खोई अभियानका अभियान्ता बासु घिमिरेले, नागरिकताको निरन्तरताले देशको समृद्धिमा कोशेढुङा सावित हुने बताए । कार्यक्रममा एनआरएनएले आईसीसी सदस्य प्रमोद सिटौला, प्रवासी नेपाली मञ्च अमेरिका अध्यक्ष प्रभु थापा, पत्रकार बिजय घिमिरे, एनआरएनए अमेरिकाका पूर्व बोर्ड सदस्य विश्व बास्तोला, नेपाल अमेरिका पत्रका संघ उपाध्यक्ष सुजन पण्डित लगायतले नागरिकताको निरन्तरतानै प्रवासीहरुको माग रहेको बताएका छन् ।
न्यूजपाली डटकमका सम्पादक अनिल अधिकारीले सामाजिक बिषयहरुलाई उठान गर्दै यस प्रकारका कार्यक्रम गरिरहने जनाउँदै, नागरिकताको निरन्तरता नभए सम्म यो बिषयलाई उठाई रहने बताएका छन् । उनले दोश्रो चरणमा नेपालका प्रमुख दलका नेताहरुलाई समावेश गरेर कार्यक्रम गर्ने योजना गरेको बताएका छन् ।
भर्खरै
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं