‘विदेशीसँग प्रतिस्पर्धा गर्न नेपाली चलचित्र सक्षम’

‘विदेशीसँग प्रतिस्पर्धा गर्न नेपाली चलचित्र सक्षम’

HariBansha Acharya

अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्र विश्वका जुनसुकै देशका चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भएको बताएका छन । कमलपोखरीस्थित चलचित्र भवनमा चलचित्र ‘लाज शरणम्’ घोषणा गर्न आयोजित समारोहमा उनले नवीनतम सोच भएका युवाको प्रवेशसँगै निर्माण र कथ्यशैलीमा आएको फरक दर्शकले पनि महसुस गरेको बताए ।

“नेपाली चलचित्र अहिले विश्वका प्रायः चलचित्र महोत्सवमा सहभागी भएर पुरस्कार जित्न सफल भइसकेका छन् । नेपाली चलचित्रमा विदेशी पनि अभिनय गरिरहेका छन् । त्यसकारण हामी अब कोहीन्दा कम छैनौँ”, अभिनेता आचार्यले भने, “हाँस्य व्यङ्ग्य क्षेत्रका नयाँ पुस्ताको पनि चलचित्र क्षेत्रमा आगमन भएको छ । उहाँहरुलाई स्वागत गर्न पाउँदा उत्साहित छु ।”

‘भद्रगोल’ हुँदै ‘सक्किगोनी’ टेलीशृङ्खलामार्फत अभिनय सुरू गरेका कलाकार तथा चलचित्र ‘लाज शरणम्’ का निर्देशक कुमार कट्टेलले केही वर्षको प्रयासपछि चलचित्र घोषणा गर्न सक्षम भएको बताए । “हामीले शृङ्खलापछि चलचित्र निर्माण गर्ने सोच बनाएर मेहनत गरेका छौँ । यसमा मनोरञ्जनसँगै सामाजिक विकृतिबारे व्यङ्ग्य पनि छ । हामी चलचित्र निर्माण गर्ने समयसम्म आइपुग्नुमा अघिल्ला हाँस्य विधामा काम गरेका कलाकारको ठूलो योगदान छ”, निर्देशक कट्टेलले भने ।

उक्त अवसरमा निर्देशक दीपाश्री निरौला, प्रदीप भट्टराई, निर्मल शर्मालगायतले चलचित्र क्षेत्रमा स्वागत गर्दै शुभकमना दिए । सो चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बू, विजय बराल, मुकुन्द श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ । खलपात्रको रुपमा दर्शक माँझ परिचित अभिनेता श्रेष्ठ १२ वर्षपछि यसै चलचित्रमार्फत अभिनयमा फर्किदै छन ।

उक्त कार्यक्रममा हास्य विधामा आधारित रहेर निर्माण भएका टेलीशृङ्खलालाई प्रोत्साहन गर्दै दर्शकसम्म पुराएको भन्दै मिडिया हबका सञ्चालक सोम धिताललाई कदर–पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

अमेरिकामा टिकटक पुन संचालन
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
अभिनेता अनमोल केसी रिहा
पोखरामा ‘हल्कारा’को हाउसफूल

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 28 Jul 2025 19:45 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67up
Indian Rupee 
Indian Rupee
86.63up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86up
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53up
Japanese Yen 
Japanese Yen
148.47up
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 28 Jul 2025 19:45 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀