मल बनाउँदै खेती गर्छन् विद्यार्थी

‘पढ्दै कमाउँदै’ कार्यक्रम

मल बनाउँदै खेती गर्छन् विद्यार्थी

kb

बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मल समेत विद्यालयमै बनाउन थालेका हुन् ।

प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन् । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा विसं २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो । किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ ।

त्यही खेतीसँग जोडेर एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको विद्यालयका प्रधानाध्यापक कमला थापाले जानकारी दिएकी छन । “संस्थागत रुपमा किबी खेती बागलुङमै पहिलोपटक लगाइएको रहेछ, तीन रोपनी जग्गामा लगाइएको किबी उत्पादन भएपछि अभिभावकले खरिद गर्छन्”, थापाले भनिन, “पछिल्लो एक वर्ष पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि प्राङ्गारिक मलसमेत विद्यार्थीले विद्यालयमै उत्पादन गर्दै आएका छन् ।” कुहिने झारपातलाई दुई महिनासम्म माटोमा गाडेर मल तयार गरिन्छ, उक्त मलबाट किबी फल र तरकारी खेती गर्दै आइएको उनले जानकारी दिइन ।

प्राङ्गारिक मल उत्पादन गर्ने जिम्मा कक्षा ९ लाई दिइएको छ । किबीको हेरचाह गर्ने जिम्मा १० कक्षालाई छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीले गत वर्ष च्याउसमेत उत्पादन गरेका थिए । विद्यार्थीले उत्पादन गरेको फलफूल र तरकारी बिक्रीबाट कक्षा ८ देखि ११ सम्मका विद्यार्थीले शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको प्रधानाध्यापक थापाको भनाइ छ ।

उनले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुरुआती चरणमा धेरै आम्दानी गर्न नसके पनि कम्तीमा अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको बताइन ।

विज्ञान विषयको प्रयोगात्मक शिक्षाका लागिसमेत किबी बगैचा भरपुर उपयोग भइरहको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या बताउँछन । विद्यार्थीलाई परागशेचनको विषयमा किबी खेतीबाट राम्रो शिक्षा दिन सजिलो भइरहेको पच्याको भनाइ छ । कक्षा ९ का विद्यार्थीले विद्यालय परिसरमा मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् ।

अहिले सिमी लगाइएको छ । वार्षिक दुई सय केजीसम्म किबी बिक्री हुने गरे पनि अन्य किबी विद्यार्थी र शिक्षकले उपभोग गर्दै आइरहेका छन् । विद्यालयको कृषि कर्मले घरमासमेत परिवारलाई सघाउन सहयोग पुगेको कक्षा ११ मा अध्ययनरत विद्यार्थी दिपेश विकले जानकारी दिए । विसं २०३६ मा स्थापना भएको विद्यालयमा हाल दुई सय ७८ विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀