सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित अस्पताललाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर लगायतका नाममा परमादेशको जारी गरेको हो ।
फैसलामा भनिएको छ, “प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै निरीक्षण टोलीले तोकेका कार्यहरु पूरा गर्न लगाई पन्ध्र दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु ।”
मेडिकल व्यवसायी प्रसाईँले आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै विसं २०७७ असार २१ र विसं २०७७ असोज ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं