राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ । तस्करी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्म जम्मा चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व सङ्कलन भएको जनाइएको छ ।
उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायत शीर्षकबाट सङ्कलन भएको हो । ती शीर्षकमा संलग्न सात हजार छ सय ७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई राजस्व सङ्कलन गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन । उनका अनुसार राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाहीलगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक रुपमा ठूलो परिमाणमा राजस्व सङ्कलन गर्दै आएको छ ।
लुकाईछिपाई भन्सार छली गर्ने, अवैध रुपले सामान भित्र्याउने जस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या भएको प्रवक्ता ढकालले बर्ताए । उनले भने, “यस्ता समस्याको समाधान गर्दै चेकजाँचमा कडाइ गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निगरानी र नियन्त्रणका उपाय अवलम्बन गरी प्रहरीले सक्रिय रुपमा काम गर्दै राजस्व सङ्कलनमा योगदान दिएको र राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ ।”
सङ्कलित राजस्वमध्ये अवैध मालसमान बरामदबाट एक अर्ब ३६ करोड ४४ लाख तीन हजार दुई सय ५६, ट्राफिक जरिवानाबाट एक अर्ब १० करोड ३६ लाख ४५ हजार तीन सय ५४ र फैसला कार्यान्वयनबाट एक अर्ब दुई करोड ७८ लाख तीन हजार पाँच सय ४३ सङ्कलन भएको प्रवक्ता ढकालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा हालसम्म सङ्कलित राजस्व तथ्याङ्कको विश्लेषण गर्दा राजस्व सङ्कलन छ अर्ब पाँच करोड १७ लाख ४४ हजार ७९४.२२ पैसा हुने प्रक्षेपण गरिएको छ जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आङ्कलन गरिएको छ ।
उक्त रकम मासिक औसत ५० करोड ४३ लाख १२ हजार ६६ का दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको आठ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरीको तत्थ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको राजस्व सङ्कलन दुवै आर्थिक वर्षको आठ/आठ महिनाको तुलना गर्दा १० दसमलव ४ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको देखिन्छ ।
भर्खरै
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं