बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु

बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु

dragan boat race

पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–३१ स्थित तालमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस आयोजना गरिएको हो । देशका विभिन्न स्थानबाट १४ वटा समूहको सहभागिता रहेको प्रतियोगिता भोलिसम्म चल्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गदै खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्ने बताए । खेलकुदमा राजनीति हुन नहुने उल्लेख गर्दै उनले त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन । खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको उनको भनाइ छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालमा गरिएको यस प्रतियोगिताले यहाँको पर्यटकीय विकासका लागि विशिष्ट योगदान पुराउने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बेगनास ताललाई पर्यटकीय रुपमा उपयोग, पर्यटकीय गतिविधि विस्तारका साथै स्थानको विविधीकरणका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास लिइएको बताए ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता सञ्चालन गरिएको बताए । प्रतियोगिताअन्तर्गत पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल आयोजना गरिएको छ ।

प्रतियोगिताको दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसिएसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार नगद जितेका छन् । पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने आयोजकले जनाएको छ । पाँच सय मिटरका खेल भोलि हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै

अमेरिका अपडेट

Loading...
22 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Jul 2025 18:55 UTC
Latest change: 21 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.08up
Indian Rupee 
Indian Rupee
86.26up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.68down
US Dollar 
US Dollar
1
22 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Jul 2025 18:55 UTC
Latest change: 21 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀