युवाकवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ लोकार्पण गरिएको छ । नेपाली लेखक सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित दौँतरी कार्यक्रमको तेस्रो शृङ्खलाअन्तर्गत पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरूभक्त, नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोक गायिका हरिदेवी कोइराला, सञ्जीवका पिता लक्ष्मण पौडेलले संयुक्तरूपमा कृतिको लोकार्पण गरेका हुन ।
सङ्घले दौँतरी कार्यक्रम अन्तर्गत साहित्यिक एवं विभिन्न क्षेत्रमा सँगै काम गरेका दौंँतरीलाई एकसाथ उभ्याउँदै आएको छ । सोहीअनुसार यस श्रृङ्खलामा कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीलाई उपस्थित गराइएको थियो । कार्यक्रमकै बीच पौडेलको कृति लोकार्पण गरिएको थियो र साथै कवि अल्पज्ञानीको प्रकाशोन्मुख कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ पनि लोकार्पण गर्ने तयारी भए पनि प्राविधिक कारणले लोकार्पण गर्न नसकिएको सङ्घका अध्यक्ष ईश्वरमणि अधिकारीले जानकारी दिएका छन ।
दुई दौँतरीलाई मञ्चमा कवि अमृत क्षेत्रीले सहजीकरण गरेका थिए । त्यस अवसरमा कविद्वयले दौँतरी यात्राको सुरुआत, विकास, उतारचढाव र त्यसका विविध आयामबारे प्रकाश पारेका थिए । पचासको दशकदेखि पोखरेली परिवेशमा साहित्य सिर्जनामा निरन्तर क्रियाशील यी दुई कविले कविता सुन्न र सुनाउनकै लागि विभिन्न मञ्च चाहारेका प्रसङ्ग, भोकभोकै कविताका कार्यक्रममा हिँड्दाका दुःख आदिबारे चर्चा गरेका थिए ।
हाल प्राध्यापन पेसामा आबद्ध दुवैले घर, आमाबुवा, आफन्त, विद्यार्थीदेखि समाज हुँदै राजनीति आदिको स्मरण गरेका थिए । अनुभव र अनुभूतिसँगै उनिहरूले एक दर्जनभन्दा बढी कविता पनि वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार सरूभक्त र माया पब्लिकेसन प्रालिका निर्देशक विनयभूषण दत्त, सङ्घका अध्यक्ष डा. ईश्वरमणि अधिकारी लगायतले बोलेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं