गण्डकी प्रदेशभित्र यस वर्षको हिउँदमा करिब एक हजार दुई सय १५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाका एक सय ४७ स्थानका वनजङ्गलमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ ।
“मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डढेलोका घटना भएका छन् । सबैभन्दा बढी कास्कीमा तीन सय ८२ हेक्टरमा डढेलो लागेको छ”, निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले भने । उनका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्युफिट काठ क्षति भएको छ ।
म्याग्दीमा डढेलो निभाउने क्रममा एक जना घाइते भएका वन अधिकृत थापाले जानकारी दिए । कास्कीपछि सबैभन्दा बढी म्याग्दीमा तीन सय ५९ हेक्टर वन क्षेत्रमा डढेलोबाट प्रभावित बनेको छ । स्याङ्जामा दुई सय ८८, पर्वतमा ५०, बागलुङमा ४२, गोरखामा ३४, लमजुङमा २१, नवलपुरमा ३०, तनहुँमा सात र मनाङमा करिब दुई हेक्टरमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढी म्याग्दीका ४६ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । उनका अनुसार कास्कीका २३, स्याङ्जाका ३२, लमजुङका १६, गोरखाका ११, बागलुङका आठ, नवलपुरका पाँच, पर्वतका तीन, तनहुँका दुई र मनाङको एक गरी एक सय ४७ स्थानमा डढेलो लागेको हो ।
वन अधिकृत थापाले बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेको बताए । “बर्सेनी डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरुको बासस्थान नष्ट हुन्छ”, उनले भने, “डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुराईरहेको हुन्छ ।”
थापाका अनुसार नेपालमा मुख्य गरी फागुन र चैतमा डढेलोका घटना हुने गरेका छन् । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू–बनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको उनले बताए । वन व्यवस्थापनलाई चुस्त बनाउनसके डढेलोका घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं