मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका–२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका–४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशङ्कर झुण्डिएको अवस्थामा फेला परेका थिए । चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशङ्कर गत फागुन २६ गते मलेलियाबाट नेपाल फर्केका थिए ।
सिरहाको धनगढी नगरपालिका–६ फुल्काहापट्टी घर भएकी चन्द्रिकाकुमारीको विराटनगर–४ बुढाथोकी मार्गको एउटा घरमा गत शुक्रबार हत्या गरिएको थियो । उनको शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रवक्ता दाहालले बताए । चन्द्रिकाकुमारी र शिवशङ्करबीच प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
भर्खरै
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं