नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरेका छन ।“जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्मा खेल्छ”, नेता थापाले भने ।
सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै महामन्त्री थापाले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने उनको भनाइ थियो ।
“गठबन्धनको राजनीतिले पार्टी कार्यकर्तामा निराश पैदा भएको महसुस भइरहेकै बेला माओवादी केन्द्रले विभिन्न बहानामा गठबन्धन तोड्दा कांग्रेसलाई सङ्गठन विस्तार गर्ने मौका मिलेको छ, अब कांग्रेसभित्रको गुटउपगुट समाप्त पारेर कांग्रेस अगाडि बढ्छ”, महामन्त्री थापाले भने । नेपाली कांग्रेस अब विसं २०८२ मा हुने महाधिवेशनको तयारीमा जुट्ने पनि उनको भनाइ थियो ।
सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै नेता थापाले अनुसन्धानलाई फितलो बनाएर दोषीलाई उम्कने बाटो दिन नहुने उल्लेख गरेका छन ।
सुशासनको पक्षमा काम गर्न जनप्रतिनिधिलाई सुझाव
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित गण्डकी प्रदेश स्थानीय तहका जनप्रतिनिधिलाई जनताको हित र सुशासनको पक्षमा काम गर्न सुझाव दिइएको छ । कांग्रेस गण्डकी प्रदेशले पोखरामा अन्तरक्रियामा प्रशिक्षण दिँदै गण्डकी प्रदेश योजना आयोग पूर्वउपाध्यक्ष डा. रघुराज काफ्लेले नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै जिम्मेवाररूपमा पक्षमा काम गर्न सुझाव दिएका हुन ।
“स्थानीय तहका जनप्रतिनिधिले जनतामा निराशा होइन, आशा सिर्जना गर्न सक्नुपर्छ”, उनले भने, “कानुनले दिएको अधिकार प्रयोग गर्दै जनताले प्राप्त गर्ने सेवा प्रवाह चुस्तदुरुस्त गर्नुपर्ने दायित्व जनप्रतिनिधिको हो ।” फजुल खर्च घटाएर पारदर्शीरूपमा काम गर्न सुझाव दिँदै डा काफ्लेले युवालाई नेपालमा रोक्न उत्पादनशील र रोजगारीका क्षेत्रमा बजेट विनियोजन गर्नसमेत सुझाव दिए ।
कांग्रेस महासमिति सदस्य बाबुराम आचार्यले स्थानीय तहका जनप्रतिनिधिले जनताको घरआँगनको सरकार भएकाले राम्रो काम गरेर देखाउन सक्यौँ भने फेरि पनि जनताले मत दिएर विजयी गराउने भएकाले जनताप्रति जिम्मेवार भएर काम गर्न सुझाव दिए ।
अझै पनि राजनीतिक दलहरूप्रति जनताको आशा एवं भरोसा रहेकाले जनतालाई केन्द्रविन्दुमा राखेर उनीहरूको सेवामा दिनरात खट्न समेत सुझाव दिए । नेपाली जनताले विकासभन्दा पनि स्थानीय सरकारले दिने सेवा प्रवाहलाई प्रभावकारी र छिटोछरितो हुनुपर्ने माग बढी भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिएका छन ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रमा नेपाली जनता नै सर्वेसर्वा भएकाले उनीहरूको सेवक भएर काम गर्न सुुझाव दिएका छन । शर्माको अध्यक्षतामा भएको अन्तक्र्रियामा कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षको उपस्थित थियो । रासस
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं