सात दशक नाघेका रामबहादुरको लोभलाग्दो कागती खेती

सात दशक नाघेका रामबहादुरको लोभलाग्दो कागती खेती

lemon

उमेर ७० वर्ष । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०/२२ वर्षे तन्नेरीको जस्तै छ । बिहान उठेदेखि राति अबेरसम्म उनि कागती बगानमा मेहनत गरिरहेका हुन्छन । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका कागती गोडमेल गर्ने, काँटछाट, मल बीउ हाल्ने र फल टिप्ने तथा बेच्ने काममा उनलाई भ्याइनभ्याइ छ ।

कटुवाचौपारी धानबालीका लागि जिल्लाकै अब्बल भूमि हो । समथर भुभागमा रहेको यो ठाउँ तराईजस्तै छ । तर उहाँले विगत १० वर्षदेखि धान रोप्न छाडेर एक हजार बिरुवा कागती लगाए । नगदे बालीको रुपमा रहेको कागती र जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा आफैँले थालेको कुरिलो खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन ।

लामो समय काठमाडौँमा बसेर व्यापार गरेका क्षत्री ६० वर्षको उमेरमा काठमाडौँ छाडेर गाउँ फर्किएका थिए । गाउँ फर्केपछि व्यावसायिक रुपमा कृषि पेसामा लागेका हुन । काठमाडौँ बस्ने क्रममा बोटानिस्ट डा खेमराज भट्टराईसँग भेट भयो । डा भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि त्यहाँको माटोमा केही गर्न प्रेरणा दिए । पुर्खाले आर्जेको माटोमा आफैँ नङ्ग्रा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौँको व्यवसाय छाडेर गाउँमा फर्किए ।

विसं २०७० मा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोप्नुभएका क्षत्रीको बगैँचामा कागतीका करिब एक हजार बोट छन् । माछापुच्छ«े कागती उत्पादन फार्म सञ्चालन गरेर व्यवसाय थालेका क्षत्रीले सुरुमा बिरुवा हुर्कनको लागि समय लागेको, फाटफुट रूपमा बिक्री भएको भए पनि पछिल्ला तीन वर्षयता ४० क्विन्टलको हाराहारीमा कागती बिक्री वितरण गर्दै आएका छन । उनले प्रतिकिलो दुई सय खुद्रा र होलसेलमा एक सय ८० मा बिक्री गर्ने गरेको बताए । अहिले बजारको समेत समस्या नरहेको र घरबाटै बिक्री हुने उनले बताए ।

गत वर्ष भने असिनाले कागतीमा क्षति गरेकाले यस वर्ष उत्पादन केही घटेको उनको भनाइ छ । उनले गत वर्ष मात्रै कागतीका चार हजार बिरुवा बिक्री गरेका थिए । यस वर्ष १४ हजार बिरुवा तयार गरेको उनले बताए। कृषि ज्ञान केन्द्र पर्वतले कागतीको स्रोत केन्द्रको रुपमा उहाँको फार्मलाई छनोट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
10 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Dec 2025 00:45 UTC
Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.81
Indian Rupee 
Indian Rupee
89.84
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
156.15
US Dollar 
US Dollar
1
10 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Dec 2025 00:45 UTC
Latest change: 09 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀