माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

Prachanda
प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने स्पष्ट पारेका छन ।  माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारेका हुन । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको बताए ।
“साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गड्गडाउँदो नदीजस्तो बग्छ”, प्रधानमन्त्री दाहालले भने, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने शक्ति हो ।”
सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै प्रधामन्त्री दाहालले भने, “माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन ।” आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए ।
उनले भने, “सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन ।” प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारे ।  सहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै उनले भने, “क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।” आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे ।
क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “मानिस दुई खुट्टाले हिँड्नुपर्छ, कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ, माक्र्सवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिँड्नुपर्छ ।” नेपालले वैज्ञानिक र सन्तुलित भू–राजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले दाहालले त्यसका लागि ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀