विश्व बैङ्कले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

विश्व बैङ्कले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

World Bank

विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (२६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो । यस्तो सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले जनाएको छ ।

“विश्व बैङ्क नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैङ्कको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,” बैङ्कका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भनेका छन ।

वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब १३ अर्ब २५ करोड) रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ ।

प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ । यस्तै, एक सय मिलियन (करिब १३ अर्ब) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ । त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
09 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 09 Aug 2025 00:25 UTC
Latest change: 08 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
09 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 09 Aug 2025 00:25 UTC
Latest change: 08 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀