सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । वार्ता सकारात्मक रहेको र पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले जानकारी दिएका छन ।
“समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले भने । मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताएका छन । उनले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरेका छन ।
सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं