सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रधानाध्यापक यादवविरुद्ध ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादवविरुद्ध एक लाख ३० हजार ८४३ भ्रष्टाचार मुद्दा दायर भएको उनले जानकारी दिए ।
तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।
त्यसैगरी,यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव विसं २०७७ माघदेखि २०७८ कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराई ३३ हजार ६१८ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, वीरेन्द्रप्रसाद यादवले प्रधानाध्यापकको पदमा रहँदा २०७८ मङ्सिरदेखि फागुनसम्मको २२ दिन फर्जी हाजिरी गराएको र मङ्सिरमा गयल रहेको अवधि १० दिनको गरी ३२ हजार ३२४ शिक्षक बालेश्वरलाई गैरकानुनी लाभ दिलाइ भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।
तत्कालीन प्रधानाध्यापक भोला यादवलाई ३३ हजार ६१८ र तत्कालीन प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवविरुद्ध ३२ हजार ३२४ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कैद तथा जरिवाना हुन माग दाबी लिइ विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं