नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा पार्टीको भोट घटेकोबारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् ।
बिपी अध्ययन प्रतिष्ठानले महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित ‘चियापान कार्यक्रम’मा उहाँले गठबन्धनका कारण निर्वाचनमा पार्टीको मत घटेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए ।
“कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनुपर्छ,”– उनले भने ।
पार्टीको जनमत घटिरहेका बेला हामी सरकारमा बसेका छौँ भनेर खुशी हुने अवस्था नरहेको उनको कथन थियो । उनले निर्वाचन प्रणालीको सुधारका लागि पनि महासमिति बैठकमा छलफल हुनुपर्ने बताए।
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले युवाहरुलाई कांग्रेसभित्र आकर्षण गर्ने सङ्कल्प महासमिति बैठकले लिनुपर्ने बताए । उनले महासमिति बैठकलाई पार्टी रुपान्तरणका निम्ति अगाडि बढाउनुपर्नेमा जोड दिए ।
अर्का नेता भुपेन्द्रजङ्ग शाहीले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भने ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं