काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा ८ लाख ६९ हजार ५५१ जना क्रियाशील सदस्य रहेको बताएका छन् । महासमिति बैठकको लागि तयार पारिएको सांगठनिक प्रतिवेदनमा क्रियाशील सदस्यमध्ये १ लाख १४ हजार ५२५ जना पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको उल्लेख गरेका छन् ।
उनले प्रस्तावमा भनेका छन्, ‘साथीहरू टोलदेखि केन्द्रसम्म पार्टीको कुनै न कुनै जिम्मेवारीमा रहेर काम गरिरहनु भएको छ । साथै कुनै सांगठनिक जिम्मेवारीमा नरहेको भए पनि कांग्रेसप्रति प्रतिबद्ध र निष्ठावान् कांग्रेस सदस्यको अर्को ठूलो पङ्क्ति छ, जसले असम्भव झैं लाग्ने प्रतिकूलतामा पनि पार्टीको तल्लो तहमा बसेर आफ्नो आस्था र विचारलाई कहिल्यै डगमगाउन दिएन । तिनले बरू विस्थापित हुन र जीवनकै जोखिम मोल्न तयार भए, जेल-नेल भोगे, कतिको ज्यान गयो कतिको सम्पत्ति गुम्यो । गुमेका थुप्रै अवसरका बारेमा किञ्चित पश्चाताप नगरी र हिंसार निरंकुशताको त्यो चेपुवामा समेत पार्टी छाड्न र विचार बदल्न तयार नभएको अदम्य साहस र अविचलित निष्ठाले पूर्ण त्यो विशाल पार्टी पङ्तिसँग आज पनि केवल पार्टीको राम्रो होस् र देशलाई राम्रो गरोस् भन्ने एक सूत्रीय आग्रहमात्र छ ।’
उनले कांग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने ठूलो संख्या पार्टीमा आबद्ध भएको उल्लेख गरेका छन् ।
आमनिर्वाचनको प्रतिस्पर्धामा कहिल्यै नजितेका र निकट भविष्यमा समेत जित्ने सम्भावना नरहेका ठाउँमा पनि आदर्शको झिल्को जोगाएर संगठनलाई जीवन्त राख्ने कांग्रेसजनको उच्च समर्पण भाव अतुलनीय रहेको महामन्त्री थापाले बताएका छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं